रोचक

प्याजको मूल्यमा अस्वाभाविक बृद्धि, ४० टन प्याज बोकेको ट्रक बाटोबाटै लुटियो

Banner

एजेन्सी,

चितवन,मंसिर १३-

भारतमा प्याजको मूल्य अस्वाभाविक रुपमा वृद्धि भएपछि ओसारपसारमा समेत चुनौती बढेको छ । प्याज बोकेको एउटा ट्रकबाट लुटेराहरुले बाटोबाटै सबै प्याज गायब पारेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार महाराष्ट्रको नासिकबाट ४० टन प्याज बोकेर उत्तर प्रदेशको गोरखपुरतर्फ जाँदै गरेको ट्रक लुटेराहरुको निशानामा परेको हो । लुटेरा समूहले ट्रक नियन्त्रणमा लिइ सबै प्याज लगेका छन् । रित्तो ट्रक फेला परेको र आवश्यक अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।

भारतको दैनिक अखबार हिन्दूस्तान टाइम्सका अनुसार थोक व्यापारी प्रेम चन्दको प्याज बोकेर उक्त ट्रक नासिकबाट हिँडेको थियो । समयमा उक्त ट्रक नपुगेपछि खोजतलास सुरु गरिएको थियो । मध्यप्रदेशको शिवपुरी जिल्लामा बिहीबार रित्तो ट्रक फेला परेको बताइएको छ । प्याजको मूल्य बढेका कारण लुटेराहरुले ट्रकबाट प्याज लुटेको हुन सक्ने प्रहरीको अनुमान छ । ट्रकका चालक र सहचालकको अवस्था र उक्त घटनामा उनीहरुको भूमिकाबारे खुलाइएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>