राजनीति

प्रधानमन्त्री ओली अझै एक साता अस्पताल बस्नुपर्ने

Banner

काठमाडौँ मङ्सिर १३-

प्रधानमन्त्री केपी शर्मा ओली अझै कम्तीमा एक साता अस्पतालमै रहने चिकित्सकहरूले बताएका छन्।

प्रधानमन्त्रीको उपचार भइरहेको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा शुक्रबार बिहान पत्रकार सम्मेलन गर्दै उनको उपचारमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार जारी रहेको बताए।मंगलबार प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया गरेका डाक्टर रमेशसिंह भण्डारीले प्रधानमन्त्री ओली दुई सातापछि शल्यक्रियापूर्वको अवस्थामा फर्किने बताए।

‘उहाँको एपेन्डिक्स फुटेको थियो। त्यो भनेको बेलुन फुटेजस्तो प्याट्ट फुट्ने होइन तर पेटमा संक्रमण भएको थियो,’ डाक्टर भण्डारीले भने,‘अहिले त्यो संक्रमण हटिसकेको छ। उहाँको घाउ निको हुन अझै साताजति लाग्छ। घाउ निको भएपछि उहाँ फर्किनुहुन्छ।’

प्रधानमन्त्री ओलीलाई अहिले पनि सेन्टरको सघन उपचार कक्ष (आइसियू)मा राखिएको छ।

प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंहले प्रधानमन्त्रीलाई अहिले एपेन्डिसाइटिसको अपरेसन र मिर्गौलाबाहेक अरू समस्या नभएको बताइन्।

‘मिर्गौला प्रत्यारोपण गर्न यसले केही असर गर्दैन। तर हामीले अहिले नै मिर्गौला प्रत्यारोपण गर्नेरनगर्ने, कहाँ गर्ने, कहिले गर्ने निर्णय गरिसकेका छैनौं,’ डाक्टर सिंहले भनिन्।सेतोपाटीबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>