चितवन विशेष
किराना व्यवसायी संघ चितवनको अध्यक्षमा रविन्द्र

चितवन, मंसिर १२–
किराना व्यवसायी संघ चितवनको अध्यक्षमा रविन्द्र कुमार श्रेष्ठ निर्वाचित भएका छन् । बुधबार भएको संघको आठौं वार्षिक साधारणसभा तथा अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षका प्रत्यासी धेरै भएपछि सो पदका लागि निर्वाचन भएको थियो । अध्यक्ष श्रेष्ठले ६३ मत प्राप्त गरे भने निकटम प्रतिद्धन्द्धी निदेश कुमार राठीले ३४ मत मात्रै प्राप्त गरे । यस्तै अर्का प्रतिस्पर्धी अर्जुन सापकोटाले ३ मत प्राप्त गरे । कुल १५५ मतदाता रहेको संघमा ११४ मत मात्र खसेको थियो । जसमा १४ मत बदर भएको थियो ।
यस्तै संघको उपाध्क्षमा टेकप्रसाद पनेरु, महासचिवमा हरिराज पौडेल, सचिवमा रुपकुमार श्रेष्ठ र कोषाध्यक्षमा बालकृष्ण श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । यस्तै संघको सदस्यहरुमा थानेश्वर चालिसे, कृष्णप्रसाद पौडेल, दिलिप डागा, ज्ञानेन्द्र श्रेष्ठ, राजन कुमार श्रेष्ठ, जीवन आचार्य र राहुल अग्रवाल सर्वसम्मत चयन भएका छन् ।