चितवन विशेष

जोनसोन टाइलको शोरुम चितवनमा

Banner

भरतपुर, ११ मंसिर-

टायलको बजारमा स्तरीय ब्राण्डको ख्याति बनाएको ‘जोनसोन टाइल’ को शोरुम चितवनमा स्थापना भएको छ ।

विश्वकै पहिलो टायल कम्पनी जोनसोनको बिक्री वितरण नेपालमै पहिलो पटक चितवनबाट सुरु हुँदैछ । भरतपुर–१० स्थित भरतपुर बसपार्कचोकमा रहेको ‘हाउस अफ जोनसोन’ को बुधबार भारतस्थित जोनसोन कम्पनीका उपाध्यक्ष रविमोहन ओझा र उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले संयूक्तरुपमा उद्घाटन गरे ।

हाउस अफ जोनसोनको एनिभा स्टोनेक्समा जोनसोन कम्पनीले उत्पादन गरेका सम्पूर्ण प्रकार र आकारका टायलहरु उपलब्ध हुने सञ्चालक प्रकाश पौडेलले जानकारी दिए । ११० वर्ष अघिबाट उत्पादन सुरु भएको यस टायलको उत्पादन ६५ वर्ष अघि भारतमा सुरु भएको थियो । कम्पनीका उपाध्यक्ष ओझाका अनुसार करिब १५ वर्षदेखि उक्त टायलको प्रयोग नेपालमा भइरहेको छ । नेपाली उपभोक्ताले भारतका विभिन्न शहरबाट जोनसोन ब्राण्डका टायलहरु खरिद गरेर प्रयोग गर्दै आएका थिए । बजारको माग अनुसार नेपालमै शोरुम स्थापना गरेर कारोबार सुरु गरेको सञ्चालक पौडेलले बताए ।

ओझाका अनुसार भारतको उत्तरपूर्वी क्षेत्रमा सबै भन्दा बढी माग यस टायलको छ । भारतभरको बिक्रीको अवस्था हेर्दा जोनसोन टायलको बजार १२ प्रतिशत रहेको भन्दै उनले नेपालमा पनि यसको माग अत्याधिक रहेको दाबी गरे । व्यवसायिक, औद्योगिक, आवासीय क्षेत्र तथा स्वीमिङपुल, पार्किङलगायतका लागि अवश्यक ‘एसिड प्रुफ’ टायलहरु कम्पनीले उपलब्ध गराएको छ । जोनसोनको उत्पादन स्तरीय र विश्वसनीय हुने दाबी गर्दै सञ्चालक पौडेलले मूल्यमा पनि अन्य ब्राण्ड तथा स्थानीय उत्पादन भन्दा धेरै फरक नपर्ने बताए । टायलका अलावा ज्याक्वेयर कम्पनीका सेनेटरी वेयर तथा सीपी फिटिङ्सको व्यवस्था पनि यहाँ रहेको पौडेलले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>