राजनीति
पोखरामा प्रचण्डले सम्बोधन गर्ने कार्यक्रमस्थल नजिकै विस्फोट
०

पोखरा मंसिर ११-
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने चुनावी सभा परिसरमा शंकास्पद वस्तु विस्फोट भएको छ । नेकपाले आज प्रदर्शनी केन्द्र नयाँबजारमा बृहत आमसभा गर्दैछ । विभिन्न स्थलबाट नेता तथा कार्यकर्ता र्यारलीसहित आउने क्रम जारी छ । सोही क्रममा प्रदर्शनी केन्द्रको गेट नजिकै विस्फोट भएको हो ।
प्रहरीले बम विस्फोट भएको हुन सक्ने आशंका गरेको छ । प्रचण्ड र नेकपा उपाध्यक्ष वामदेव गौतम सम्बोधनका लागि उपस्थित छन् । विस्फोटबाट मानवीय क्षति भने भएको छैन ।सांकेतिक तस्बिर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>