चितवन विशेष
बारीमा मृत भेटिए राप्तीका मनबहादुर
०

चितवन, मंसिर १०–
चितवनमा आज (मंगलबार) एक पुरुष मृत भेटिएका छन् ।
पूर्वीचितवनको राप्ती नगरपालिका–८ निवासी ४० वर्षीय मनबहादुर कार्की साँझ ५ः५५ मिनेटमा मृत भेटिएको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी स्थानीय पृथ्वीमाया गुरुङको बारीमा मृत भेटिएका हुन् ।
कार्की विगत पाँचदिन देखि घरबाट बेपत्ता भएका थिए । स्थानीयका अनुसार कार्की धेरैजसो समय मादक पदार्थ सेवन गर्दै हिड्ने गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>