चितवन विशेष

भरतपुरमा करेन्ट लागेर एकको मृत्यु

Banner

चितवन,असोज ८-

चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका २१ का ४५ बर्षिय प्रेम थापा रहेका छन् । ना ६ त २०५५ नम्वरको ट्याक्टरमा लोडगरेको परालमाथी सवार उनलाई शंकरचोकमा विजुलीको तारले छुदा करेन्ट लागेको हो ।

करेन्ट लागेर घाइते थापाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ट्याक्टर चालक इलाका प्रहरी कार्यालय गितानगरको नियन्त्रणमा छन् । शव परिक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।फाइल तस्विर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>