देश/प्रदेश
मर्निङवाकमा निस्केका डाक्टरलाई गाडीले ठक्कर दिँदा घटनास्थलमै मृत्यु
०

काठमाडौँ, मंसिर ८ –
काठमाडौँमो वानेश्वरमा मनिङ वाकमा निस्किएका एक डाक्टरलाई गाडीले ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको छ ।
आइतबार बिहान ५ः३० बजे बसुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत डाक्टर प्रभु जोशी मृत्यु भएको हो ।
संसद भवनको दक्षिण गेट अगाडि नम्बर नखुलेको गाडीले ठक्कर दिँदा डाक्टर जोशीको घटनास्थलमै मृत्यु भयो ।
घटनालगत्तै डाक्टर जोशीलाई सिभिल अस्पताल लगिएको थियो । ‘अस्पताल पु¥याए लगतै चिकित्सकले डाक्टर जोशीलाई मृत घोषणा गरेको महानगरीय प्रहरी वृत्त तीनकुनेका इन्सपेक्टर दीर्घ बोगटीले बताए । डाक्टर जोशीलाई ठक्कर दिने गाडी र चालकको पहिचान भएको छैन । इन्सपेक्टर बोगटीका अनुसार फरार चालक र गाडीको सीसीटिभी फुटेजका आधारमा खोजीकार्य जारी रहेको छ ।
डाक्टर जोशीकी श्रीमती नेपाली सेनाको रिटायर्ड जर्नेल रहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>