अन्तर्राष्ट्रिय

अमेरिकाको फ्लोरिडामा रेल र कार ठोक्किदा तीन जनाको मृत्यु

Banner

फ्लोरिडा, ८ मङ्सिर

अमेरिकाको फ्लोरिडा राज्यको पाल्म बिचमा भएको सवारी दुर्घटनामा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चार माध्यमहरुले सम्प्रेषण गरेको समाचारअनुसार रेल र कार एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको हो ।

रेलको बाटो पार गरेर अर्कोतर्फ जान खोजीरहेको कारलाई रेलले ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

रेलले ठक्कर दिएको कार पूर्ण रुपमा कुच्चिएको अधिकारीहरुले जानकारी दिएका छन् । रेलतर्फका भने केही क्षति नभएको र कोही पनि घाइते नभएका सो रेल सञ्चालक संस्थाले जनाएको छ । रासस/एएनआई

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>