चितवन विशेष

चितवनमा भ्रष्टचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही कुटिए, चितवन मेडिकल कलेजमा उपचार हुँदै

Banner

चितवन, भदौं ११–

चितवनको भरतपुरमा भ्रष्टचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही कुटिएका छन् ।

आज दिउँसो भरतपुरको चौविसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागि हुन आएका शाहीलाई नेकपा सम्बद्ध विद्यार्थीहरुले गाडी भित्रै कुटपिट गरेका छन् । शाहीको शरीरमा चोटपटक लागेको छ । ग्लोबल होटल भरतपुरमा रहेको बा ३ ख ८४५८ नम्बरको माइक्रो बसमा बसेका शाहीलाई बसभित्रै नेकपाका कार्यकर्ताले आक्रमण गरेका थिए । शाहीको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

नेकपा सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम बिथालेका छन् । त्यसक्रममा केहीबेर तनाव समेत भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>