प्रवास

अमेरिकाको कोलोराडोकोमा ईन्द्रजात्रा मनाइयो

Banner

नातिबाबु भट्ट

कोलोराडो, अमेरिका, भदौं ३०-

नेवा समुदायको धर्म संस्कृति संरक्षण तथा पहिचान गर्ने उद्देश्यले अमेरिकाको कोलोराडोमा पहिलो पटक ईन्द्रजात्रा देखाइएको छ ।

कोलोराडो स्थित नेःवा खःलको आयोजनामा नेवा समुदायले मनाउने ईन्द्रजात्रा ईन्द्रको पूजा आराधना गरी विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको हो । बयोवृद्ध समाजसेवी विष्णुभक्त श्रेष्ठद्वारा पानसमा बत्ती बालेर उद्घाटन गरिएको कार्यक्रममा परम्परागत तरिकाबाट पूजाआजा तथा बाजा, धिमे बाजा, लाखेनाच प्रर्दशन गरी समयवजी वितरण गर्दै सम्पन्न गरिएको हो । नेवाः खलःका अध्यक्ष प्रेमकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर नेवाः समुदायको शीर उच्च पार्न सफल भएको भन्दै साहसिक पर्वतारोही रोहित श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानित श्रेष्ठले आफ्नो यात्रा अनुभव सुनाएका थिए ।

कोलोराडो स्थित संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, गन्यमान्य, पत्रकार, सर्वसाधारणको उपस्थिति रहेको कार्यक्रममा कतिपय सहभागी नेवारी पहिरहनमा सजिएर उपस्थित भएका थिए । संस्थाका उपाध्यक्ष श्याम श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रममा संस्थाका अध्यक्ष प्रेमकाजी श्रेष्ठले नेवाः समुदायको संस्कृति, पहिचान र संरक्षणको उद्देश्यले आयोजित यस कार्यक्रलाई प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग गरेर कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

इन्द्रजात्रा काठमाडौं, भक्तपुरलगायत नेवार समुदायले मनाउने जात्रा हो । यसलाई येँया पुन्ही पनि भनिन्छ । इन्द्र जात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो । जात्रा भाद्र शुक्लपक्ष द्वादशीका दिन सुरु भई मंगल चौथीसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी सम्पन्न गरिन्छ । आफ्नी आमा बसुन्धराको व्रत निम्ति स्वर्गलोकका राजा ईन्द्र काठमाडौं आएर पारिजातको फूल टिप्न लाग्दा उनलाई चोर भनी डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनको सम्झनामा इन्द्रजात्रा मनाउने गरिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>