कालिका

कालिकामा जनप्रतिनिधि र बालबालिकाबीच सवालजवाफ

Banner

कालिका, भदौं २९-

पूर्वीचितवनको कालिका नगरपालिकामा बाल अधिकारसम्बन्धी अन्तक्र्रिया गरिएको छ ।

बालबालिकाले भोग्दै आएको समस्या र आगामी दिनमा गर्नुपर्ने कामको विषयमा सरोकारवालासँग छलफल गर्न कार्यक्रम गरिएको हो । बाल दिवसको अवसरमा कालिका नगरपालिकाले गरेको सो कार्यक्रममा नगरस्तरीय बाल सञ्जालका पदाधिकारी तथा सदस्यले पहाडी क्षेत्रका बालबालिका लक्षित कार्यक्रम ल्याउन नगरपालिकालाई सुझाव दिएका छन् ।

भौगोलिक विकटताका कारण विद्यालय टाढा भएर बीचमै पढाइ छाड्नुपर्ने बाध्यकारी अवस्था रहेको भन्दै विद्यार्थीले पहाडी क्षेत्रमा छात्राबास निर्माण गर्न र मावि विद्यालय सञ्चालन गर्न आग्रह गरेका छन् । कार्यक्रममा उपमेयर कल्पना भट्टराईले पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ बालबालिकाका लागि छात्राबास बनाउने योजना अघि बढिसकेको बताइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले ग्रामीण क्षेत्रका बालबालिकालाई सहजरुपमा शिक्षा प्रदान गर्न नगरपालिकाले कार्ययोजना बनाएर काम गर्ने बताए । उनले बाल अधिकार र बाल विवाह अन्त्यको लागि जनचेतना फैलाउन गर्नुपर्ने कामका लागि नगरपालिकाले बजेट विनियोजन गरिसकेको बताए ।

कार्यक्रममा नगरस्तरीय बाल सञ्जाल, वडास्तरीय क्लब, शिक्षक, नगरपालिकाका विभागीय कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रममा नगर शिक्षा अधिकारी नारायण वाग्लेले बाल अधिकारको अवस्था, अधिकारका लागि भएका प्रयासहरुको बारेमा सहजीकरण गरेका थिए । त्यस्तै बालबालिका र जनप्रतिनिधिबीच बाल अधिकारका विषयमा सवाल जवाफ गरिएको रोजगार संयोजक हरिशरण सोतीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>