चितवन विशेष
अभया सुब्बाले स्नूक्स पबमा धमाका मच्चाउने

चितवन, भदौं २९–
देशकै मध्यभागमा रहेको चितवनमा नेपालका सबैजसो चर्चित कलाकारले धमाका मच्चाएका छन् । कहिले खुला चौरमा कन्सर्ट मार्फत त कहिले विभिन्न साँस्कृति कार्यक्रममा मार्फत कलाकारहरुले धमाका मच्चाउँदै आएका छन् । तर पछिल्लो समय यहाँ खुलेका पब तथा सांगीतिक रेष्टुरेण्ट मार्फत पनि चर्चित कलाकाहरुले धमाका मच्चाउन थालेका छन् ।
नेपालकी रकस्टार अभया सुब्बाले पनि भरतपुरमा धमाका मच्चाउने भएकी छिन् । नेपाली पप क्वीनका रुपमा परिचित अभयाले आफ्नो ब्याण्डसहित भरतपुर–१०, पुरानो मेडिकल कलेज अगाडि रहेको स्नूक्स क्याफे एण्ड पबमा आउँदो असोज ३ गते शुक्रबार धमाका गर्न लागेकी हुन् ।
संविधान दिवस समेत परेको उक्त दिनको साँझ ७ बजेबाट सुरु हुने अभयाको ब्याण्डले लाइभ प्रस्तुति दिनेछ । सो प्रस्तुती राति करिब १२ बजेसम्म चल्ने सञ्चालक अच्युतराज भट्टले जानकारी दिए ।
अभया एण्ड स्टीम ईञ्जिन्स ब्याण्डको नेपाल टुरको दौरान संविधान दिवसको साँझ भरतपुर तताउन लागिएको हो । पबमा प्रवेशका लागि प्रतिव्यक्ति तीन सय रुपैयाँको टिकट व्यवस्था गरिएको छ ।
पहिलेको स्नूक्स क्याफे परिमार्जितरुपमा रक बारको रुपमा सञ्चालन भएपछि नेपालका ख्यातीप्राप्त रक तथा पप गायकहरुले प्रस्तुति दिइसकेका छन् ।
लाउड म्युजिकका साथ खानकीको मज्जा लिन पाइने रक पब नारायणगढ र भरतपुर क्षेत्रमा स्नूक्स मात्रै हो । यहाँ ग्राहकले लाउड म्युजिकमा झुम्ने सुविधा पाउने छन् । यहाँ साताभर नै लाइभ लाउड म्युजिकको मज्जा लिन पाइन्छ ।
हरेकजसो विकेन्डमा देशभर ख्यातिप्राप्त ब्याण्ड तथा सिंगर ल्याउने गरिएको सञ्चालक भट्टले बताए । यहाँ करिव पाँच सय जना सहभागि भएर रमाउन सक्नेछन् ।