देश/प्रदेश

पूर्वप्रधानमन्त्री प्रचण्डको खुलासा: पाँच वर्ष प्रधानमन्‍त्री बन्‍न अफर आएको थियो

Banner

काठमाडौं, भदौं २८

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव लगत्तै पूरै पाँच वर्ष प्रधानमन्‍त्री बन्‍नका लागि आफूलाई अफर आएको खुलासा गरेका छन्।

शनिबार बिहान इलाममा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले यस्तो खुलासा गरेका हुन्। हाम्रा लागि यो पदको कुरा ठूलो होइन। ‘चुनावपछि सरकार कमरेड केपी ओलीकै नेतृत्वमा हुन्छ भनेर मैले भनेको हुँ’ प्रचण्डले भने, ‘चुनावपछि मलाई पुरै अवधिको प्रधानमन्त्रीको अफर आएको थियो। म ती सबै छोडेर आएको छु भने म प्रधानमन्त्री बन्‍न हतार छु भन्‍नु साह्रै गलत हुन्छ।’

तर, आफूलाई प्रधानमन्त्री बन्न अफर कसले गरेको भन्‍ने बारेमा भने उनले केही बताएनन्। पार्टी एकताको डिलमा सरकारको नेतृत्व आलोपालो गर्ने भद्र समझदारी भएको दाबी गर्दै आएका प्रचण्डले यही सरकार अब पाँच वर्ष टिक्‍ने संकेत दिएका छन्। प्रधानमन्‍त्रीका लागि आफू नहतारिएको बताउँदै उनले भने, ‘मैले जसरी लचकता र उदारता अपनाएको छु, म जस्तो अरु पाउन गारो हुन्छ। पाँच वर्ष सरकार चल्छ। राष्ट्रको र इतिहासको आवश्यकतालाई रचनात्मक रुपमा सोचेर जानु छ। सहमति र सहकार्य जरुरी छ।ु उनले आफू पद प्राप्तीभन्दा पनि पार्टी एकतालाई टुंग्याउन लागि परेको बताए। उनले भने, ुजनताको चाहना सरकारले राम्रा काम छिटो गरोस भन्ने छ। पार्टी एकता छिटो होस भन्ने कुरा कार्यकर्ताले भनेका छन्।’

नेपाल सधैं स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिका पक्षमा रहेको बताउँदै उनले पञ्चशीलमा आधारित विदेश नीति अबलम्बन गरेको बताए। नेपाल कुनै पनि सैन्य गठबन्धनमा समावेश नहुने उनले बताए। ‘हाम्रो चीनका बारेमा एक चीन नीति छ। हामी चीनविरुद्ध नेपालको भूमि प्रयोग गर्न दिन्नौं र दिँदैनौं भन्ने पनि हाम्रो प्रष्ट नीति हो। यही कुरा मैले गरेको हो।‘

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>