चितवन विशेष

स्क्रव टाइफस जाँचमा चितवनका अस्पतालहरुको लुटः सबैभन्दा बढी लुट्ने चितवन मेडिकल कलेज

Banner

चितवन, भदौं २८–

डेँगुको परीक्षणमा मनोमानी शुल्क लिइरहेका चितवनका अस्पतालहरुले स्क्रव टाइफस जाँचमा समेत मनोमानी शुल्क लिने गरेका छन् । स्क्रव टाइफस जाँचका लागि चाहिने कीटको मूल्य ५९० रुपैयाँ रहे पनि यहाँका अस्पतालहरुले भने बिरामीबाट चर्को शुल्क असुल्ने गरेका छन् । ‘हामीले बेच्ने अधिकतम मूल्य भनेको ५९० हो’ केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियसनका केन्द्रीय सदस्य महेश भट्टराईले भने ।

कीटलाई ५९० भनिए पनि परीक्षणको क्रममा निजी अस्पतालहरुले तीन हजार रुपैयाँसम्म लिएको पाइएको छ । खरिद मूल्यको पाँच गुणा बढाएर निजी अस्पतालले बिरामीबाट शुल्क उठाइरहेका छन् । स्क्रव टाइफस जाँचमा सबै भन्दा बढी शुल्क चितवन मेडिकल कलेजले लिने गरेको छ । सधै विवादमा मुछिने चितवन मेडिकल कलेजले शिक्षा क्षेत्रमा समेत अवैध शुल्क असुल्दै आएका छन् । चितवन मेडिकल कलेजले स्क्रव टाइफस जाँचका लागि सर्बैभन्दा बढी तीन हजार रुपैयाँ लिने गरेको छ । यस्तै नारायणी सामुदायिक हस्पिटलले दुई हजार ६ सय रुपैयाँ लिने गरेको छ । अस्पताल मध्येको सबै भन्दा कम शुल्क श्री पुष्पाञ्जली अस्पतालले लिने गरेको छ ।

यस्तै यहाँका अस्पतालले मात्र नभई ल्याबहरुले पनि फरक–फरक मूल्य लिइरहेका छन् । एनआरएलले १२ सय लिने गरेको छ भने आरडीएलले १८ सय रुपैयाँ लिने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>