चितवन विशेष

निर्माण व्यवसायी संघ चितवनः अध्यक्षमा उमानन्द कँडेल विजयी (मतपरिणामसहित)

Banner

चितवन, भदौं २७–

निर्माण व्यवसायी संघ चितवनको नयाँ नेतृत्वको लागि आज (शुक्रबार) भएको निर्वाचनबाट अध्यक्षमा उमानन्द कँडेल भारी मतान्तरले विजयी भएका छन् । शुक्रबार राती सकिएको मतगणनामा बाम प्यानलका उम्मेद्वार छवि गौतमलाई १३६ मतले पराजित गर्दै नेपाली काँग्रेस निकटका कँडेल विजयी भएका हुन् । कँडेलले २०४ मत ल्याए भने प्रतिष्पर्धी गौतमले ६८ मत मात्रै प्राप्त गरे ।

यस्तै द्धितीय उपाध्यक्षमा बाम प्यानलका दिनेशचन्द्र न्यौपाने विजयी भएका छन् । उनले काँग्रेस निकटका भिष्म अधिकारीलाई पराजित गरे । न्यौपानेले १५४ मत प्राप्त गरे भने अधिकारीले ११६ मत प्राप्त गरे । यस्तै संघको सचिवमा झिनो मतान्तरले पुष्कर अधिकारी विजयी भएका छन् । अधिकारीले १३६ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्धन्द्धी राजेन्द्रकुमार श्रेष्ठले १३२ मत ल्याए । त्यसैगरी सह–कोषाध्यक्षमा ताराप्रसाद दुवाडी विजयी भएका छन् । दुवाडीले १६० मत प्राप्त गरे भने निकटम प्रतिद्धन्द्धी बाबुराजा सिंहले १११ मत प्राप्त गरे ।

यस्तै संघको खुुल्ला सदस्यमा सहदेव उप्रेती (२१८ं), संजय न्यौपाने (१८५), शिवलाल ढकाल (१७१), प्रकाश तिवारी (१६८), दीपक अधिकारी (१५९), विष्णु प्रसाद लामिछाने (१४५), दीपक पाठक (१३९) र पिताम्बर बास्तोला (१३७) विजयी भएका छन् । कुल ८ जना खुल्ला सदस्यका लागि १६ जनाबीच प्रतिस्पर्धा भएको थियो।

यस्तै संघको बिहीबार भएको मनोनयन दर्ताको क्रममा प्रथम उपाध्यक्षमा केशवप्रसाद लामिछाने र महासचिवमा पुस्तक अधिकारी निर्विरोध निर्वाचित भएका थिए । यस्तै शुक्रबार निर्वाचन हुनुपूर्व कोषाध्यक्षका प्रतिस्पर्धी कमलराज आचार्यले उम्मेद्वारी फिर्ता लिएपछि उत्सव भट्टराई पनि निर्विरोध निर्वाचित भएका हुन् । यस्तै महिला सदस्यमा पनि रोजिना भट्टराई निर्विरोध निर्वाचित भएकी छिन् । सोही पदमा उम्मेद्वारी दिएकी अनुजा धितालले उम्मेद्वारी फिर्ता लिएपछि भट्टराई महिला सदस्यमा निर्विरोध निर्वाचित भएकी हुन् ।

निर्वाचनमा कुल २७८ मत खसेको छ । मतदानका लागि कुल २८४ मतदाता रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>