इच्छकामना

इच्छाकामनाका पाँच परिवारलाई जग्गाधनी पूर्जा वितरण

Banner

मुग्लिन, भदौ २७–

चितवनको इच्छाकामना गाउँपालिकाका पाँच परिवारलाई जग्गाधनी पूर्जा वितरण गरिएको छ । इच्छाकामना–३ को धुषा गाउँका पाँच परिवारलाई पूर्जा वितरण गरिएको हो ।

पूर्जा पाउनेमा आइतीमाया चेपाङ, हेमबहादुर प्रजा, कर्णबहादुर चेपाङ, पाकु गुरुङ र फिस्टबहादुर प्रजा छन् । जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी र प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ र वडा नं ३ का अध्यक्ष गोवद्र्धन अधिकारीमार्फत जग्गाधनी पूर्जा हस्तान्तरण गरेका हुन्। विसं २०७२ वैशाख १२ गते गएको भूकम्पबाट जिल्लाका १०२ घरमा क्षति पुगेको थियो । अहिलेसम्म ६१ परिवारले सुरक्षित स्थानमा जग्गाधनी पूर्जा पाएको पुनःनिर्माण प्राधिकरण कार्यालयका इन्जिनीयर सुजन नेपालले जानकारी दिए ।

“बाँकी जोखिममा परेका परिवारका लागि जग्गा खोजीसकेका छौँ”, उनले भने । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसँग समन्वय गरी जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने नेपालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>