गसिप
बलिउड अभिनेत्री सन्नी लियोनी भोलि नेपाल आउँदै
०

काठमाडौं,भदौं २५-
बलिउड अभिनेत्री सन्नी लियोनी भोलि बिहीबार नेपाल आउने भएकी छिन् । फिल्म ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन उनी नेपाल आउन लागेकी हुन् । ‘पासवर्ड’का निर्देशक सम्राट बस्नेतले सन्नी बिहीबार नेपाल आउन लागेको जानकारी दिए ।निर्देशक बस्नेतका अनुसार कमलपोखरीस्थित कुमारी चलचित्र भवनमा आयोजना हुने प्रिमियरका लागि उनी दिनको २ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिनेछिन् ।
प्रिमियरका लागि ७ः३० बजे कुमारी हल पुग्ने सन्नीले मिडिया साक्षात्कार गरेपछि ‘पासवर्ड’ फिल्म पनि हेर्ने कार्यक्रम रहेको बस्नेतको भनाइ छ । शनिबार भारत फर्किने तालिका सहित नेपाल आउन लागेकी सन्नीले शुक्रबार नेपालका केही स्थानमा भ्रमण समेत गर्ने बताइएको छ । फिल्म ‘पासवर्ड’को सन्नीले एक आइटम नृत्य गरेकी छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>