चितवन विशेष

एक्सपर्टको सेमिनारमा विद्यार्थीको भीड, ६ सय बढीले लिए परामर्श

Banner

चितवन, भदौं २४–
एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस चितवनको आयोजनामा आज (मंगलबार) भरतपुरमा वृहत अष्ट्रेलियन एजुकेशन सेमिनार सम्पन्न भएको छ ।

विश्वकै प्रमुख शैक्षिक गन्तव्य मध्येको एक अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गर्दै एक्सपर्टले विद्यार्थी र अभिभावकका लागि वृहत सेमिनार आयोजना गरेको हो । भरतपुरस्थित भरतपुर गार्डेन रिसोर्टमा भएको सेमिनारमा ६ सय भन्दा बढी विद्यार्थीहरुले परामर्श लिएको एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । सेमिनार विहान ११ बजेदेखी अपरान्ह ४ बजेसम्म चल्नेछ । सेमिनारमा प्रवेशका लागि निःशुल्क व्यवस्था गरिएको थियो । प्रवन्ध निर्देशक अधिकारीले सेमिनारबाट विद्यार्थीहरुले धेरै कुरा बुझ्न र सिक्न पाएको बताए । सेमिनारमा १३ वटा कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुले विद्यार्थी र अभिभावकहरुलाई जिज्ञासा समाधान गरेको एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक अधिकारीले जानकारी दिए ।

सेमिनारमा विद्यार्थीहरु तथा अभिभावकहरुले अष्ट्रेलियाका विभिन्न युनिभर्सिटी र कलेजका प्रतिनिधिलाई प्रत्यक्ष भेटेर आफूले पढ्न चाहेको युनिभर्सिटी, विषय, शुल्क, अध्ययन सकेपछिको करिअर इत्यादी बारे जानकारी लिएका थिए । यस्तै यस पटक सेमिनारमा विद्यार्थीहरुले क्यानडामा अध्ययनबारे पनि परामर्श लिएका थिए ।

सेमिनारमा विद्यार्थीहरुको भीड लागेको थियो । उनीहरुले सेमिनारबाट आफू भित्र भएको जिज्ञासा समाधान गर्न पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा एक्सपर्ट अष्ट्रेलियाका निर्देशक बद्री अर्याललगायतले त्यहाँको शिक्षाको बारेमा जानकारी दिएका थिए । पछिल्लो डेढ दशकभन्दा बढी समय अष्ट्रेलियामा मात्र केन्द्रित एक्सपर्टले क्यानडा जान चाहने विद्यार्थीका लागि पनि परामर्श सेवा सुरु गरेको छ । एक्सपर्टले त्यहाँको शिक्षा, कलेज र युनिभर्सिटिको बारेमा हरेक वर्षमा दुई÷तीन पटक एजुकेशन सेमिनार आयोजना गर्दै आएको छ । अष्ट्रेलियाको सिड्नीमा मूख्य कार्यालय रहेको एक्सपर्टको नेपालमा १५ वटा शाखा कार्यालयहरु रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>