चितवन विशेष

काबुलमा मारिएका कृष्णबहादुरकोे शव चितवन ल्याई अन्त्येष्टि

Banner

चितवन,भदौं २४-

अफगानिस्तानको काबुलमा नौ दिनअघि बम विस्फोटमा मारिएका कृष्णबहादुर थापाको आज यहाँ अन्त्येष्टि गरिएको छ । थापा र रोल्पाका चन्द्र पुनको शव आज बिहान काठमाडौँ ल्याइएपछि गृह मन्त्रालयको व्यवस्थापनमा हेलिकोप्टरबाट थापाको शव चितवन ल्याइएको परिवारले जनाएको छ । अर्को हेलिकोप्टरले पुनको शवलाई रोल्पा लगिएको जनाइएको छ ।

थापाको बहिनी सावित्री अधिकारीका अनुसार चितवन क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा सदस्यसमेत रहनु भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा शव नेपाल झिकाइएको हो । गत साता अफगानिस्तानको राजधानी काबुलस्थित ग्रीन भिलेज क्याम्पमा भएको आत्मघाती विस्फोटमा भरतपुर महानगरपालिका–२१ का थापा र रोल्पाका पुनले ज्यान गुमाउनु भएको थियो । थापाका बाबु आमा, श्रीमती र दुई छोरा रहेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>