चितवन विशेष

भरतपुरमा बिजुलीको तार भूमिगत गरिने,तत्काल १ अर्वको काम हुने

Banner

चितवन,भदौं १८-

नेपाल विद्युत प्राधिकरणले भरतपुर महानगरपालिकामा विद्युत वितरण प्रणालीलाई भूमिगत गर्ने भएको छ । प्राधिकरणले एसियाली विकास बैंकको ऋण सहयोगमा महानगरपालिकाका २९ वटै वडामा भूमिगत विद्युत वितरण प्रणालीको योजना निर्माण कार्य अघि बढाएको हो ।

महानगरपालिकाभित्र कसरी भूमिगत लाइन विछ्याउन सकिन्छ भन्नेबारेमा विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालसहितको टोलीले महानगरपालिका प्रमुख रेनु दाहालसहितका पदाधिकारीहरुसँग छलफल गरेको छ । महानगरपालिका सबै क्षेत्रमा भूमिगत विद्युत वितरण गर्ने लक्ष्य रहेपनि त्यसलाई चरणबद्ध रुपमा काम अघि बढाउने योजना प्राधिकरणको रहेको छ ।

चार महिनाभित्र नै सबै डिपिआरको काम सकिने मेयर दाहालले जानकारी दिइन् । काठमाडौं महानगरपालिकापछि विद्युत लाइन भूमिगत गर्ने योजनामा भरतपुरलाई प्राथमिकतामा राखिएको सिलवालले बताए । ‘महानगरको सबै विद्युत लाइनलाई भूमिगत बनाउने योजना अहिले बनाउछौं, एकै पटक सबै ठाउँमा काम गर्न बजेटले भ्याउदैन,’ उपकार्यकारी निर्देशक सिलवालले भने, ‘तर चरणवद्ध रुपमा काम हुँदै जान्छ ।’

प्राधिकरणले पहिलो चरणमा नारायणगढको नारायणगढ वसपार्कदेखि पुल्चोक र चौविसकोठी हाकिमचोकसम्मको मूल सडकमा रहेका विद्युतको तारलाई भूमिगत गर्ने गरी योजना अघि बढाएको छ । शहरी सौन्दर्यता समेत कायम गर्ने गरी यो क्षेत्रमा पहिलो चरणमा काम गरिने महानगरपालिकाकी मेयर रेनु दाहालले जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>