नवलपरासी
एभरेष्ट बैंकको सहकार्यमा विद्यालयमा शौचालय निर्माण

चितवन, भदौं १७-
जोन्टा क्लब काठमाडौँले एभरेष्ट बैंक लिमिटेडको सहयोगमा मध्यबिन्दु नगरपालिका वडा नं. १५ तल्लो भ्युरनस्थित बालसिद्ध बेसिक स्कुलमा शौचालय निर्माण गरेको छ ।
क्लबले आज जारी गरेको विज्ञप्तिअनुसार एभरेष्ट बैंकका तर्फबाट नारायणघाट शाखाका डेपुटी म्यानेजर प्रभात उप्रेती र जोन्टा क्लब काठमाडौंकी प्रेसिडेन्ट सीमा गोल्छाले स्कुल भ्रमण गरेर स्कुल कमिटीका अध्यक्ष र प्रधानाध्यापकलाई निर्माणित शौचालय हस्तान्तरण गरेका हुन् । जोन्टा क्लबका तर्फबाट जोली राजभण्डारी, प्रतिक्षा राणा र बिपाशी तुलाधरको पनि उपस्थिति रहेको थियो ।
बालिकाहरुले स्कुल छोड्नुको प्रमुख कारण नै विद्यालयमा शौचालयको अभाव हो । यसले गर्दा उनीहरुको शिक्षामा बाधा पुर्याउँछ , जसले गर्दा उनीहरुको सर्वाङ्गिण विकासमा प्रभाव पार्छ र आर्थिक सशक्तिकरणमा असर पार्दै चरम गरिबी, बाल विवाह र हिंसाको चक्रमा पार्दछ ।
विद्यालयका शिक्षकहरु, बालबालिका र सहभागीले एभरेष्ट बैंक र जोन्टा क्लबको यस सहयोगको प्रशंसा गरेका छन् । जोन्टा यस प्रयासमा एभरेष्ट बैंकसँग सहकार्य गर्न पाउँदा निकै खुसी छ ।