कर्पोरेट

महालक्ष्मी विकास बैँक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौंता

Banner

चितवन, भदौं १७-

महालक्ष्मी विकास बैँक लिमिटेडले ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर प्रालिसँग सम्झौंता गरेको छ ।

गत भदौं १० गते भएको सम्झौतापत्रमा बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौताअनुसार बैँकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवारलगायत बैँकका संस्थापक\सेयरधनीहरुले नेपाल क्यान्सर अस्पतालमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउनु हुनेछ । सम्झौता अनुसार बैँकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, कर्मचारी साथै कर्मचारीका परिवारले रेडियोलोजी, ल्याबरेटोरी र बेड चार्जमा १०, रेडियसन थेरापी र बीच थेरापीमा तथा क्यान्सर स्क्रिनिङ प्याकेजमा १०% आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

देशका ९९ वटा शाखाबाट बैँकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकासले आगामी दिनमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>