चितवन विशेष

चितवनका मुसहर समुदाय पहिलो पटक हात्ती सफारीमा, संरक्षणको भावना जाग्ने आशा

Banner

चितवन, भदौं १५-

चितवनको सौराहा नजिक मालपुरमा रहेका मुसहर समुदायले आइतबार हात्ती सफारी गर्ने अवसर पाएका छन् ।

जंगलको छेउछाउमा बसेर पनि विपन्न मुसहर समुदायले पहिलो पटक हात्ती चढ्ने मौका पाएका हुन् । हात्ती चढ्न पाएपछि मुसहर समुदायका मानिसहरु खुसीले दंग भएका छन् । बाघमारा मध्यवर्ती सामुदायिक वनले युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सहयोगमा मुसहर समुदायलाई हात्ती सफारी गराएको हो । वनको ३० औं स्थापना दिवसको अवसरमा समुहर समुदायलाई हात्ती सफारी गराइएको वनका अध्यक्ष जीतु तामाङले जानकारी दिए ।

मालपुर बस्तीका करिब ४० जना मुसहरलाई हात्ती चढाइएको हो । आर्थिक अभावका कारण अहिलेसम्म हात्ती चढ्न नसकेका मुसहर समुदायलाई हात्ती सफारीको आनन्द दिलाउन सफारी गराइएको वनका अध्यक्ष तामाङको भनाइ छ । सो समुदायिक वनले मुसहरहरुलाई वन प्रतिको निर्भरता हटाउन मुसहरहरुलाई सिलिण्डर ग्यास, सीपमूलक कार्यक्रम, शिक्षामा लगानी, स्वास्थ्य बिमालगायतका मुसहर केन्द्रित कार्यक्रम गरिएको अध्यक्ष तामाङले बताए ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले मुसहर र हात्ती बीचको सम्बन्ध रहेको भन्दै हात्ती जोगाउनुपर्छ भन्ने भावनाको विकास गर्न सफारी गराइएको बताए । २०४६ साल भदौं १५ गते स्थापना भएको सो सामुदायिक वनले पर्यापर्यटन मार्फत मनग्य आम्दानी गर्दै आएको छ । वनले गरेको आम्दानी संरक्षणसँगै सामुदायिक विकास,पर्यटन प्रवद्र्धन, उपभोक्ताको जीवन स्तर उकास्ने, शिक्षा र स्वास्थ्यमा लगानी गर्दैै आएको सचिव कृष्ण भट्टले जानकारी दिए । मानव वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरणको लागि सो सामुदायिक वनले मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिसँगको सहकार्यमा निकुञ्ज र बस्तीको सिमानामा पर्खाल लगायन सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>