देश/प्रदेश

एटीएमबाट करोड बढी चोरी, सर्वसाधारणको निक्षेप सुरक्षित रहेको राष्ट्र बैँकको प्रतिक्रिया

Banner

काठमाडौं, भदौं १५

नेपाल राष्ट्र बैंकले ह्याकरहरुले काठमाडौँको एटिएमबाट पैसा लुटेको भन्दै चिन्तित नहुन निक्षेपकर्तालाई आग्रह गरेको छ ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले पैसा लुट्ने ह्याकर पक्राउ परिसकेकाले कुनै पनि निक्षेपकर्ता आत्तिनुनपर्ने बताए । ‘ह्याकर पक्राउ नै नपरेको भए पनि लुटिएको पैसा बैंकहरुले दिनुपर्छ, यहाँ त ह्याकर नै पक्राउ परिसकेका छन्, निक्षेपकर्ताको पैसा एक रुपैयाँ पनि तलमाथि नभइ फिर्ता आउँछ, धेरै आत्तिनुपर्दैन ।’

एटीएम ह्याक हुनुमा निक्षेपकर्ताको भन्दा पनि बैंकहरुको कमजोर सुरक्षा प्रणाली भएको र यसबारेमा अनुसन्धान भइरहेको उनले बताए ।
चिनिया ह्याकरले पीन नम्बर चोरी गरेर र नक्कली कार्ड बनाएर काठमाडौँका विभिन्न एटीएम बुथबाट एक करोड रुपैयाँ भन्दा धेरै पैसा चोरी गरेका थिए । तर, यो रकम बढ्न सक्ने राष्ट्र बैंकले जनाएको छ । ह्याकिङमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । अहिले प्रभु र एनआईसी एसियाबाहेकका बैंकले एटीएम चलाउन थालेका छन् । राष्ट्र बैंकले सम्बन्धित बैंक बाहेक अर्को बैंकमा एटिएमको प्रयोग नगर्न आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>