चितवन विशेष

जनआन्दोलनका घाइते सुवेदीद्वारा सहयोगको याचना

Banner

चितवन, भदौं १२-

देशमा गणतन्त्र स्थापनाको लागि भएको दोस्रो जनआन्दोलनका घाइते ५४ वर्षीय प्रेमप्रसाद सुवेदीले सहयोगको याचना गरेका छन् ।

गैँडाकोट नगरपालिका वडा नम्बर ७ मा आफन्तकोमा बस्दै आएका सुवेदीले थप उपचारको लागि र सहजरुपमा जीवन निर्वाहको लागि सहयोगको याचना गरेका हुन् । दोस्रो जनआन्दोलनमा काठमाडौँको गंगबुमा घाइते भएका उनी १५ दिन अस्पताल बसेर उपचार गरेका दिए । उनको दाहिँने गोडा भाँचिएर स्टिल राखिएको छ । फेरि दोस्रो पटक सुशील कोइरालाको चुनावी प्रचारप्रसारमा हिड्दा मंगलपुरमा अज्ञात समूहको आक्रमणमा पर्दा उनका दुवै गोडा तीन ठाउँमा भाँचिएको थियो । पटकपटकको चोट र आक्रमणले गर्दा अहिले उनको दायाँ गोडा दुख्न थालेको छ । तुरुन्त उपचार नगरे गम्भीर पक्षघात हुने चिकित्सकहरुले बताएकोले आफूसँग उपचार गर्ने रकम नभएको पीडा पोख्दै  उनले सबैसँग सहयोगको याचना गरेका छन् ।

 

चिकित्सकले सुवेदीको उपचारमा एक लाख ५० हजार लाग्ने जनाएका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा विशेष योगदान दिएका सुवेदीको आर्थिक अवस्था निकै कमजोर भएकोले कसैले सहयोग गर्न चाहेमा राष्ट्रिय वाणिज्य बैँक शाखा कार्यालय गैँडाकोट स्विफ्ट कोडः आरबीबीएएनपीकेए(च्द्यद्यब्ल्एप्ब्) र उनको बचत खाता नम्बर ३३५०००११५९१० मा जम्मा गरिदिन अनुरोध गरेका छन् । साथै सहयोग गर्न चाहेमा उनको मोबाइल नम्बर ९८४५४३१२९८ मा सम्पर्क पनि गर्न सकिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>