देश/प्रदेश

दोलखामा विदेशी नागरिक मृत भेटिए

Banner

दोलखा, भदौं १०

दोलखाको गौरीशङ्कर गाउँपालिका–१ मा विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् ।

तामाकोशी नदीले बगाएर लाटभियाका ३२ वर्षीय कोन्स्टाटाइन्स टोडोसिन्निकोभ्स नाम गरेका नागरिक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको नेपालको लप्चीबाट फर्किने क्रममा लामाबगरमा आइपुग्दा १ः३० बजे चिप्लिएर तामाकोशी नदीमा परी उनको मृत्यु भएको राईले बताए ।

लामाबगरबाट खबर प्राप्त हुनासाथ प्रहरीको टोली पुगी तामाकोशी नदीको बीचमा ढुङ्गा र काठको चेपमा अड्किएर मृत अवस्थामा रहेको विदेशी नागरिकको शव नेपाल प्रहरी, नेपाली सेना र सशत्र प्रहरीको संयुक्त टोलीले क्रेन र डोरीको सहायताले निकालेको प्रनाउ राईले बताए। मृतककी श्रीमती भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । चिप्लिएर तामाकोशी नदीमा रहेको स्थानबाट मृतकलाई करीब एक किलोमिटर बगाएको र मृत अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । मृतक लाटभिया देशको राहदानी भएका नागरिक हुन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>