चितवन विशेष
नारायणी नदी किनारमा हजारौं नागरिकलाई रवि लामिछानेको सम्बोधन, नागरिकका पीडालाई उठाइ रहने उद्घोष (फोटो फिचरसहित )
०

चितवन, भदौं १०-
सञ्चारकर्मी रवि लामिछाने रिहा भएको भोलिपल्ट आज चितवनको नारायणी नदी किनारमा रवि समर्थकहरुले धन्यवाद सभा गरेका छन् ।
लामिछाने पक्राउ परेसँगै चितवनमा उनको समर्थनमा ठूलो प्रदर्शन भएपछि उनले नागरिकहरुलाई धन्यवाद दिनको लागि सो सभा गरिएको हो । सभामा भदौंको चर्काे घाममा पनि छाता ओडेर सामान्य सूचनाको भरमा हजारौं नागरिक सहभागी भएका थिए । कार्यक्रममा रवि लामिछाने र युवराज कँडेलले सम्बोधन गरेका थिए । उनीहरुले ७७ वटै जिल्लाबाट चितवन आएर आफूहरुको न्यायका लागि लाडेको भन्दै आम समुदायलाई धन्यवाद दिए । सञ्चारकर्मी लामिछानेले आम नागरिकले आफूप्रति देखाएको माया र सद्भावले गर्दा भविष्यमा अझ जिम्मेवारीपूर्ण ढंगले नागरिकका पीडा र आवाजलाई उठाइरहने प्रतिबद्धता व्यक्त गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>