चितवन विशेष

लियो क्लब अफ भरतपुरका सामाजिक सेवाका विविध कार्यक्रम

Banner

चितवन, भदौँ १०-

लियो क्लब अफ भरतपुरले विभिन्न सामाजिक सेवाका कार्यक्रमहरु गरेको छ ।

क्लबले भरतपुर महानगरपालिका–५ तोरीखेतको राष्ट्रिय माध्यमिक विद्यालयका ४४ जना विद्यार्थीलाई छात्रवृत्ति दिएको छ । सोही अवसरमा सोही विद्यालयमा सरसफाइसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम पनि गरिएको थियो । जनचेतना कार्यक्रममा चितवन मेडिकल कलेजका डाक्टर गणेश नेपाली, दृश्या श्रेष्ठ, माधवी गैरे, सलिना श्रेष्ठ, दिव्या अधिकारी, दृष्टि पौडेल, अनिता पौडेल तथा शशी भुषन पौडेलले विभिन्न प्रदर्शन गरेका थिए ।

लियो क्लब अफ भरतपुरका अध्यक्ष रविन्द्र शर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो । त्यसैगरी लियो क्लब अफ भरतपुर र लायन्स क्लब अफ भरतपुरले देवघाटमा रहेको सतनचुली सामुदायिक वनमा वृक्षरोपण गरेका छन् । शिला न्यौपानेको संयोजकत्वमा भएको कार्यक्रममा २५० वटा विरुवा रोपिएको थियो । त्यस्तै क्लबका अध्यक्ष रविन्द्र शर्माको जन्मदिनको अवसरमा मानवसेवा आश्रम भरतपुरमा ४६ जना वृद्धवृद्धालाई भोजन गराइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>