चितवन विशेष

चितवनमा रविको समर्थनमा भएको प्रदर्शनमा पक्राउ परेका ४८ प्रदर्शनकारी रिहा

Banner

चितवन, भदौं १०-

कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीन जनाको पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका ४८ प्रदर्शनकारीलाई आज छाडिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आज बिहानदेखि आफन्तको जिम्मामा उनीहरुलाई छाड्न सुरु गरिएको हो । धरौटीमा रिहा भएकै भोलिपल्ट रविले आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै आफ्नो बारेमा विभिन्न मिडियामा आएका टिकाटिप्पणीबारे आफ्नो धारणा स्पष्ट पारेका थिए । पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले भने, ‘मेरो समर्थनमा चितवनमा उत्रिएको आमसमुदायको सशक्त प्रदर्शनले मलाई थप जिम्मेवार बनाएको छ । म भविष्यमा पनि नागरिकका आवाजहरुलाई आफ्नो कार्यक्रममा सशक्त ढंगले उठाउने छु । ’ उनले आफ्नो बारेमा उठेका विभिन्न नकारात्मक टिकाटिप्पणी गलत भएको बताएका छन् । उनले भने, ‘बाटोमा चप्पल लगाएर हिड्ने, दुःख पाएर हिड्ने मानिसहरुको आवाज बोलिदिएकोले नै मैले नागरिकको माया पाएको छु । मेरो राजनीतिक र आर्थिक लाभ लिने अन्य कुनै स्वार्थ छैन ।’

पत्रकार सम्मेलनमा उनले अदालतको आदेश शिरोधार्य गर्दै अगाडि बढ्ने बताए। यस क्रममा आफूलाई साथ र सहयोग गर्ने सबैप्रति धन्यवाद दिँदै उनले भविष्यमा राजनीतिमा लाग्न बाटो नरोकिएको विचार राखे । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका लामिछानेसहित तीनै जना सोमबार धरौटीमा रिहा भएका हुन् । सो मुद्दाको थुनछेक बहसका क्रममा सोमबार लामिछानेलाई पाँच लाख, युवराज कँडेललाई रु तीन लाख र अस्मिता भनिने रुकु कार्कीलाई शुद्ध तारेखमा अदालतले छाडेको थियो । उनीहरुको आगामी असोज ५ गते तारेख तोकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>