मनोरञ्जन
‘प्रेमगीत–३’ को शीर्षगीतमा ८० जना कलाकारको स्वर

चितवन, भदौं ८-
सफल सिनेमा प्रेमगीतको तेस्रो सिक्वेल ‘प्रेमगीत–३’को शीर्ष गीतको रेकर्डिङ भएको छ ।
‘प्रेमगीत–३’को शीर्ष गीतको रेकर्डिङ कार्य रेडियो नेपालमा सम्पन्न गरिएको हो । सिनेमाको गीतलाई रेडियो नेपालको ठूलो रेकर्डिङ हलमा ८० जना भन्दा बढी बाद्यबाधक, कलाकारहरुको सहभागितामा रेकर्डिङ कार्य सम्पन्न गरिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी गराएका छन्।् ।
निर्माता सेनका अनुसार रेकर्डिङको सामूहिक आवाजका लागि कलाकारहरु शिव श्रेष्ठ, प्रदिप खड्का, क्रिस्टिना गुरुङ, निर्देशक छेतेन गुरुङ र सन्तोष सेनलगायतका कलाकारहरु रेडियो नेपाल पुगेका थिए ।
आकेष्ट्रा सहितको बाद्यबाधकको संलग्नतामा रेकर्डिङ गरिएको गीतलाई प्रताप दास र प्रविशा अधिकारीले आवाज दिएका छन्।् । राजेश कुमारको शब्दमा गीतलाई एलिश कार्र्कीले संगीत संयोजन गरेका हुन्। दसैँ लगत्तै छायांकनमा जाने ‘प्रेमगीत–३’मा शिव श्रेष्ठ, सुनिल थापा, प्रदिप खड्का, कृष्टिना गुरुङ, सन्तोष सेन, पुष्कर कार्र्की, प्रेम पुरी, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, माओत्से गुरु, लक्ष्मी बर्देवालगायत कलाकारहरुको भूमिका रहनेछ ।
सिनेमालाई निर्माता तथा कलाकार सन्तोष सेन र छेतेन गुरुङले संयुक्तरुपमा निर्देशन गर्दैछन् । फिल्मको कथा निर्देशक गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । ‘प्रेमगीत–३’ नयाँ वर्षको अवसरमा चैत २८ गतेबाट सम्पूर्ण दर्शकमाझ रिलिजमा आउँदैछ ।