चितवन विशेष

पत्रकार महासंघको केन्द्रीय टोलीले रवि लामिछाने र युवराज कँडेललाई भेट्यो

Banner

चितवन,भदौं ७-

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने पत्रकार सम्बद्ध नेतृत्वले माग गरेका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्ट र नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले चितवन आएर बिना पूर्वाग्रह अनुसन्धान गर्न आग्रह गरेका हुन् । उनीहरुले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ललाई भेटेर सो आग्रह गरेका हुन् ।

कानुनी प्रक्रिया र अनुसन्धानमा कुनै हस्तक्षेप नरहेको भन्दै महासचिव विष्टले सत्यतथ्य सार्वजनिक हुनुपर्ने बताए । त्यस क्रममा महासचिव विष्टले सञ्चारगृहमा प्रहरीको प्रवेशप्रति आपत्ति जनाएका थिए । युनियनका अध्यक्ष सिग्देलले अनुसन्धानले निर्दोष फस्न नहुने भन्दै दोषीलाई कारवाहीको माग गरे । उनीहरुले घटनाको अनुसन्धानको प्रक्रियाबारे जानकारी लिएका थिए । एसपी मल्लले कानून अनुसार प्रक्रिया अघि बढेको बताए ।

महासचिव विष्ट र युनियनका अध्यक्ष सिग्देलसहित पत्रकारको टोलीले अनुसन्धानको क्रममा चितवन प्रहरीको हिरासतमा रहेका संचारकर्मी रवि लामिछाने र पत्रकार युवराज कँडेललाई पनि भेटेको छ । विष्ट र सिग्देलले अनुसन्धानमा सहयोगी भूमिकाका लागि आग्रहसमेत गरे ।

लामिछानेले आफु असुरक्षित भन्दै दिएको प्रतिक्रियाप्रति भौतिक नभई अनुसन्धानको विषयमा केन्द्रित रहेको पत्रकारका नेतृत्वसँगको कुराकानीमा बताएका थिए । लामिछाने र कँडेलले अनुसन्धानमा आफूहरुले सहयोग गरिरहेको पनि बताए । लामिछाने, कँडेलसहित पक्राउ परेकी अस्मिता कार्कीलाई हिरासतमा राख्न अदालतले दुई पटक गरी थपेको १० दिनको म्याद सकिएपछि आइतबार पुनः अदालत लैजादै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>