अन्तर्राष्ट्रिय

भारतका पूर्वअर्थमन्त्री जेट्लीको निधन

Banner

दिल्ली, भदौं ७

भारतका पूर्वअर्थमन्त्री अरुण जेटलीको आज निधन भएको छ ।

शनिबार दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा जेटलीको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय लोकसभाका सांसाद समेत रहेका जेटली १५ दिन अघि एम्स अस्पतालमा भर्ना भएका थिए । उनी श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए ।

६६ वर्षीय पूर्वअर्थमन्त्री जेटली भाजापाका दिग्वज नेतामध्ये एक हुन् । भारतीय प्रधानमन्त्री मोदीले आफ्नो दोस्रो कार्यकालमा पनि जेटलीलाई सरकारको जिम्मेवारी दिने तयारी गरेका थिए । तर, उनले स्वास्थ्य अवस्था कमजोर भएको भन्दै कुनै जिम्मेवारी नलिने बताएका थिए ।

अस्पतालमा रहँदा जेटलीलाई भेट्न प्रधानमन्त्री मोदीसमेत गएका थिए । अघिल्लो महिनामात्रै पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधन भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>