कृषि

नवलपरासीमा ‘तरकारी जोन’ कार्यक्रम शुरु

Banner

कावासोती, भदौ ७-

नवलपरासी पूर्व नवलपुरका विभिन्न स्थानीय तहका १५ वटा वडालाई समेटेर तरकारी ‘जोन’ कार्यक्रम शुरु गरिएको छ । नवलपुरका तीन वटा स्थानीय तहका १५ वटा वडालाई समेटेर तरकारी ‘जोन’ कार्यक्रम शुरु गरिएको हो ।

नवलपुरको कावासोती नगरपालिका, मध्यबिन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाको १५ वटा वडालाई समेटेर तरकारी ‘जोन’ कार्यक्रम शुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरका प्रमुख विष्णुप्रसाद शर्माले बताए ।
परम्परागत रुपमा हुँदै आएको तरकारी खेतीलाई व्यवसायीमुखी बनाउँदै उत्पादनमा जोड दिने गरी कार्यक्रम सञ्चालन गरिने प्रमुख शर्माले बताए । उनका अनुसार तीन स्थानीय तहका १५ वटा वडाको ५१० हेक्टर क्षेत्रफल तरकारी ‘जोन’ कार्यक्रममा समेटिएको छ ।

तीन स्थानीय तहमध्ये कावासोती नगरपालिकाको सात वटा वडा, मध्यबिन्दु नगरपालिकाको चार वटा वडा र हुप्सेकोट गाउँपालिकाको चार वटा वडालाई तरकारी ‘जोन’ कार्यक्रममा समावेश गरिएको छ । तरकारी ‘जोन’ कार्यक्रम सञ्चालन हुने यस क्षेत्रमा तरकारी उत्पादन वृद्धि गर्न किसानलाई विभिन्न तालीम प्रदान गरिनेछ ।

सिँचाइको प्रबन्ध गर्ने, जैविक मल निर्माण र प्रयोगलाई प्रोत्साहन गर्ने, यान्त्रीकरणलाई जोड दिँदै कृषि उत्पादनको प्रवद्र्धन तथा बजारीकरणमा सहयोग पु¥याउने परियोजना प्रमुख शर्माले बताए।

हाल ‘जोन’ क्षेत्रको रुपमा समेटिएका १५ वटा वडाका ५१० हेक्टर क्षेत्रफलमा करीब सात हजार ३९० मेट्रिक टन तरकारी उत्पादन हँुदै आएको छ । ‘जोन’ कार्यक्रममार्फत उत्पादनलाई बढाउने प्रमुख लक्ष्य रहेको प्रमुख शर्माले बताए । “पहिलो लक्ष उत्पादन बढाउने हो, त्यसपछि त्यसलाई बजारीकरण गर्ने अर्को कार्य हुनेछ”, प्रमुख शर्माले भने, “समग्रमा कृषिको माध्यमबाट रोजगारी सिर्जना गर्ने, मुलुकको अर्थतन्त्र मजबुत बनाउने परियोजनाको उद्देश्य हो ।”

तरकारी ‘जोन’ कार्यक्रम सञ्चालन हुँदा तरकारी लगाउने किसानलाई उत्पादन बढाउन सहयोग पुग्ने मध्यबिन्दुका तरकारी उत्पादक कृषक दुर्गाप्रसाद भुर्तेलले बताए । परम्परागत रुपमा गरिँदै आएको कृषि प्रणालीलाई आधुनिक तवरबाट कम लगानीमा धेरै प्रतिफल हासिल गर्न सकिने भएकाले तरकारी खेतीतर्फ परियोजनाले आकर्षित गर्ने उनले बताए ।

चालू आर्थिक वर्षमा तरकारी ‘जोन’ कार्यक्रमअन्तर्गत रु एक करोड ५९ लाख १९ हजार बराबरको कार्य गरिने छ । नवलपरासी पूर्वमा यसअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला ‘जोन’ कार्यक्रम सञ्चालन भइरहेको छ । पहाडी क्षेत्रमा सुन्तला ‘जोन’ कार्यक्रम सञ्चालनमा रहेको छ । अहिले जिल्लाको तराई क्षेत्रमा तरकारी ‘जोन’ कार्यक्रम शुरु गरिएको हो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>