चितवन विशेष
भरतपुर शरदपुरका दुई किशोर दुई दिनदेखि बेपत्ता, खोजीदिन परिवारको अनुरोध
१

चितवन, भदौं ४-
भरतपुर महानगरपालिका वडा नम्बर ९ शरदपुर बस्ने वर्ष १४ का दुई किशोर विगत दुई दिनदेखि बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा अन्जन खनाल र आयुस कँडेल रहेका छन् । उनीहरुको परिवारले नारायणी अनलाइनलाई दिएको जानकारी अनुसार प्रेमबस्ती उच्च मावि कक्षा १० मा अध्ययनरत उनीहरु घरबाट विद्यालय गएको अवस्थामा बाटोबाटै बेपत्ता भएका हुन् । गहुँगोरो वर्ण भएका उनीहरु झण्डै पाँच फिट अग्ला र पातलो शरीर भएका रहेको परिवारले जनाएका छन् । खनाल र कँडेलकी आमाहरु सरस्वती खनाल र पार्वती कँडेलले दुवै किशोरलाई कसैले भेटेमा नजिकको प्रहरी कार्यालय वा आफन्तलाई खबर गरिदिन सबैसँग अनुरोध गरेका छन् । कसैले देखेमा वा भेटेमा सम्पर्क नम्बर ९८४५६९६६०६, ९८४८०९६७०० र ९८४५४०७०८० मा खबर गरिदिन परिवारले अनुरोध गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>