इच्छकामना

‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प–२’को मुग्लिनमा अडिसन

Banner

चितवन, भदौं ३–

दोस्रो संस्करणको ‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प–२’ को आज (मंगलबार)देखी चितवनमा अडिसन सुरु भएको छ ।
विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजना र एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस नारायणगढको मुख्य प्रायोजनामा सुरु भएको दोस्रो चरणको प्रतियोगिताको पहिलो अडिसन मुग्लिनमा भएको हो ।

ग्रिनफिल्ड इङ्लिस स्कुल दारेचोक मुग्लिनमा पहिलो अडिसन भएको हो । अडिसनमा त्यस क्षेत्रका २५ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । जसमध्ये ६ जना दोस्रो चरणमा प्रवेश गरेका छन् । अडिसनमा मिस्टर नेपाल वल्र्ड विकल्पराज श्रेष्ठ र संचारकर्मी मनोज घिमिरे निर्णायकको भूमिकामा रहेका थिए ।

अर्को अडिसन भदौं १० गते पर्सामा, भदौं १३ गते कावासोतीको सिद्धार्थ इङ्लिस स्कुलमा, भदौं २० मा न्यू क्यापिटल कलेज टाँडी रत्ननगर, भदौं २५ मा नेपाल आर्दश उच्च मावि दिव्यनगर, भदौं  २७ गैँडाकोटको जनक उच्च मावि, भदौ २८ भरतपुरमा र भदौ ३१ गते माडी क्याम्पसमा अडिसन हुने प्रवन्धक विमोचन आचार्यले जानकारी दिए ।

यस प्रतियोगितालाई सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरले प्रायोजन गरेको छ । च्याम्पमा कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरुले भाग लिन सक्ने आयोजकका प्रवन्धक विमोचन आचार्यले जानकारी दिए ।

विभिन्न आठ स्थानबाट अडिसनमा छनोट भएका प्रतियोगीलाई तालिम प्रदान गर्दै विभिन्न चरण हुँदै फाइनलमा लगिने जानकारी आचार्यले जानकारी दिए । छनोट प्रतियोगीहरुलाई असोज २७, २८, २९ र ३० गते तालिम दिइने बताइएको छ । दोस्रो चरणको प्रतियोगिता कात्तिक १ गते र फाइनल मंसिर १३ गते हुने बताइएको छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश ५० हजार, ३० हजार, २० हजार मेडल ट्रफी र प्रमाणपत्र वितरण गरिने बताइएको छ ।

यस प्रतियोगिताको आधिकारिक अनलाईन पार्टनमा नारायणी अनलाईन डटकम रहेको छ । प्रतियोगिताको पहिलो संस्करणमा अरोमा कलेजका चिन्तामणि सुवेदी प्रथम, वाल्मीकि शिक्षा सदनकी साधना पौडेल द्धितीय र न्यू क्यापिटल कलेजकी ज्योति शर्मा तृतीय भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>