चितवन विशेष

रवि लामिछाने सहित तीनै जनालाई चितवन अदालत लगियो,आज के हुन्छ ?

Banner

चितवन,भदौं ३-

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछाने सहित तीन जनालाई चितवन जिल्ला अदालत उपस्थित गराइएको छ । आज (मंगलवार) विहान दश बजे नै उनिहरुलाई अदालत पु¥याइएको हो ।

पाँच दिनको अनुसन्धान र बयानपछि छैठौ दिनमा अदालत उपस्थित गराइएको चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्लले जानकारी दिए । अदालत पेस गरिएकोमा लामिछाने सहित न्यू २४ मा कार्यरत पत्रकार युवराज कँडेल, र रुकु भनिने अस्मिता कार्की रहेका छन् । उनिहरुलाई पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको अभियोग लागेको छ । आज अदालतबाट म्याद थप वा मुद्ध दर्ता मध्य एक हुनेछ ।

जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीले अनुसन्धानको फाइल अनुसरमा अदालतको प्रकृया अघि बढ्ने बताए । ‘कुन रुपमा फाइल पेस हुन्छ,उनले भने’,त्यही अनुसारको प्रकृया अघि बढ्छ ।’ उनले कानुन व्यवसायी उपस्थित भए आज पनि बहस हुने जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>