चितवन विशेष

नेकपा प्रदेश ३ को सहइन्चार्जमा काशिनाथ अधिकारी

Banner

चितवन,साउन ३१-

नेपाल कम्युनिष्ट पार्टीले सातै प्रदेशका सहइन्चार्जको टुंगो लगाएको छ। चितवनका नेता काशिनाथ अधिकारी प्रदेश नम्वर ३ को सहइन्चार्ज बनेका छन् । उनिसंगै हितमान शाक्यलाई पनि प्रदेश ३ कै सहइन्चार्ज बनाइएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले प्रदेशमा सहइन्चार्ज तोकेको हो।

प्रदेश १ मा नरेश खरेल र शेरधन राई, २ मा नागेन्द्र चौधरी र महेन्द्र पाशवानलाई सहइन्चार्ज बनाइएको छ। त्यस्तै गण्डकी प्रदेशमा किरण गुरूङ र यशोदा सुवेदी गुरूङ, प्रदेश पाँचमा कुलप्रसाद केसी र वैजनाथ चौधरी, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल र प्रकाश ज्वाला, सुदुरपश्चिम प्रदेशमा खगराज भट्ट र भानुभक्त जैसीलाई सहइन्चार्जको जिम्मेवारी दिइएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>