चितवन विशेष
रवि लामिछाने सहित तीनै जना पक्राउ,आजै राती चितवन ल्याइँदै
०

चितवन,साउन ३०-
प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने ,युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको छ । लामिछाने र कँडेललाई न्युज २४ को कार्यालयबाट र कार्कीलाई काठमाडौंको तिलिङ्गेबाट पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख दान बहादुर मल्लले नारायणी अनलाइनलाई जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ उनिहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेको तीनै जानलाई आज राती नै चितवन ल्याइने मल्लले जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>