अन्तर्राष्ट्रिय

पाकिस्तानले काश्मीर सीमा क्षेत्रमा सेना तैनाथ गर्नसक्ने

Banner

काठमाडौँ साउन २९-

बीबीसी । पाकिस्तानले अफगानिस्तानको सीमा क्षेत्रमा तैनाथ सेनिकहरुलाई काश्मीरको सीमा क्षेत्रमा तैनाथ गर्ने सम्भावना देखिएको छ । अमेरिकाका लागि पकिस्तानका राजदूत असद मजीद खानले अफगानिस्तानको सीमाबाट हटाएर पाकिस्तानले आफ्नो सेनालाई काश्मीरको सीमामा फेरि तैनाथ गर्न सक्ने बताएका छन् ।

भारतीय अखबार ‘हिन्दूस्तान टाइम्स’ मा प्रकाशित समाचारअनुसार काश्मीर मुद्दामा अमेरिका र अन्तरराष्ट्रिय समुदायबाट हस्तक्षेपको अपेक्षा गरिरहेको पाकिस्तानले निराशा हात लागेपछि यस्तो बयान सार्वजनिक भएको हो ।
जम्मु काश्मीरलाई विशेष राज्यको दर्जा दिने अनुच्छेद ३७० को प्रावधान हटाइएको विरोधमा पाकिस्तानले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा अपिल गरेको थियो । यो महिना राष्ट्रसंघको अध्यक्ष पद युरोपियन मुलुक पोल्याण्डसँग छ ।
पोल्याण्डले पाकिस्तानसँग काश्मीर मामिलामा द्विपक्षीय समाधान निकाल्न सुझाव दिएको छ । पाकिस्तानको पछिल्लो बयानको असर अमेरिकाका साथ पाकिस्तानको सम्बन्ध र तालिबानका साथ जारी शान्ति वार्तामा पर्न सक्ने अनुमान गरिएको छ ।
भारतले जम्मु काश्मीरको पुनर्गठनलाई देशको आन्तरिक मामिला बताउँदै पाकिस्तानले लगाउँदै आएको आरोप अस्वीकार गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>