चितवन विशेष

चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि उद्योग वाणिज्य संघ माडीबाट एक लाख ११ हजार सहयोग

Banner

प्रेम पौडेल उज्ज्वल

चितवन, साउन २६-

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि उद्योग वाणिज्य संघ माडीले एक लाख ११ हजार १११ रुपैंयाँ सहयोग गर्नेभएको छ ।

माडीको बसन्तपुरमा सञ्चालित एक कार्यक्रममा उद्योग वाणिज्य संघ माडीका अध्यक्ष रेशमलाल आचार्य (तुलसी)ले सो घोषणा गरेका हुन् । माडी नगरपालिकाद्वारा माडीको बसन्तपुरमा आयोजित रंगशाला निर्माण सहयोगसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रममा धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकाल, उपप्रमुख ताराकुमारी काजी महतोसँगै जिल्ला समन्वय समिति चितवन, उद्योग वाणिज्य संघ माडी र माडीका विभिन्न निकाय एवम् संघसंस्थाहरुका पदाधिकारी एवम् प्रतिनिधीहरुको सहभागिता रहेको थियो  ।

यसैगरी, आजको कार्यक्रममा माडी नगरपालिका नगरप्रमुख ठाकुरप्रसाद ढकालको संयोजकत्वमा माडीमा पनि क्रिकेट रंगशाला सहयोग समिति गठन गरिएको छ । कार्यक्रममा नगरप्रमुख ढकालले आफ्नो तलबको आधा महिनाको तलब र धर्मपत्नी गंगा ढकाल को तर्फबाट ५ हजार सहयोग गर्ने घोषणाा समेत गरे  ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>