धादिङ
खाल्डोमा डुवेर दुईको मृत्यु,आक्रोसितले तीन डोजरमा आगजनी गरे
०

धादिङ साउन,२५-
गजुरी गाउँपालिका ६ को ठुलीफाँटस्थित दरिङगाल खोलामा बालुवा निकाल्न खनेको खाल्डोमा डुबेर दुई जनाको मृत्यु भएको छ ।
खाल्डोमा जमेको पानीमा डुबेर वडा ७ का २१ वर्षीय भीम तामाङ र २३ वर्षीय सुमन स्याङतानको मृत्यु भएको धादिङका प्रहरी नायव निरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । खड्काकाअनुसार दुवै जना पौडी खेल्दै बालुवा भए नभएको परीक्षण गर्ने क्रममा डुब्न पुगेका थिए ।
अनियमित ढंगले डोजर प्रयोग गरी खोलाबाट बालुवा निकाल्दा खोला पोखरीमा परिणत बनेर जोखिम बढेको भन्दै आक्रोसित स्थानीयबासीले तीन ओटा डोजरमा आगजनी गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>