चितवन विशेष

जखडीमाई मन्दिर विकास समितिको दोस्रो साधारण सभा सम्पन्न

Banner

भरतपुर, साउन २५-

भरतपुर महानगरपालिका–११ मा रहेको जखडीमाई मन्दिर विकास समितिको दोस्रो साधारण सभा एवम् अधिवेशन आज सम्पन्न भएको छ ।
साधारण सभाका प्रमुख अतिथि प्रदेश सांसद विजय सुवेदीले ऐतिहासिक मन्दिर भएर पनि कसैको नजर पर्न नसकेको बताए । उनले होलीमा विशेष पूजा अर्चना गरिने मन्दिरमा अगाडि नगरपालिका हुँदा मन्दिरलाई पूजा खर्च गरे पनि पछिल्लो समय सो कटौती भएको बताए । उनले भने, ‘वडास्तरीय बाल क्लबकी अध्यक्ष एन्जिला चौलागाई र नवजागृती सामुदायिक वनका अध्यक्ष पुस्तक गौतम राम्रोसँग व्यवस्था गर्नुस् भनेर पटक पटक आग्रह गरेको छु । पर्यटकीय स्थल बनाउनतर्फ अग्रसर हुनु पर्‍यो ।’

भरतपुर महानगरपालिका वडा नम्बर ११ का टोल क्लबका उपाध्यक्ष एवम् सल्लेरी टोल विकास समितिका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले गणेशधामको स्थापना नै यस जखडी माईबाट भएको विचार राखे । विसं २०१४ सालमा गणेशथानको स्थापनासँगै यसको धार्मिक महत्व बढेको हो । अध्यक्ष श्रेष्ठले भने, ‘यसको गौरव उजागर हुँदै जाने छ । अब हामी कंक्रिटबाट पुरानो परम्परामा केही थियो भनेर हेर्न आउने हो । यसको विकास भएन भनेर हामीले पार्टी पौवा धर्मशालाको माग गर्ने छैनौं । अब जंगललाई प्राकृितक रूपमा नै छोडेर व्यवस्थित गर्ने छांै ।’ कार्यक्रममा सहभागीहरुमा जखडी माई र गणेशधाम जोडिनुपर्ने विचार राखेका थिए । कार्यक्रममा जेखेडीमाई टोलकी अध्यक्ष कमला अर्याल स्वागत मन्तव्य राखेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>