बलिउड/हलिउड

पाकिस्तानमा भारतीय फिल्म प्रतिबन्ध

Banner

काठमाडौं साउन २४-

एजेन्सी

पाकिस्तानले भारतीय फिल्ममाथि प्रतिवन्ध लगाउने घोषणा गरेको छ । सूचना तथा प्रसारणका लागि प्रधानमन्त्रीका विशेष सहायक डा. फिरदोस आशिक अवानले विज्ञप्ति जारी गर्दै पाकिस्तानमा कुनै पनि फिल्म प्रसारण नगर्न आग्रह गरेका हुन् ।

जम्मु कश्मीर राज्यलाई विशेष दर्जा दिने भारतको संविधानको धारा ३७० भारत सरकराले सोमबार खारेज गरेपछि पाकिस्तानले भारतसँग राजनीतिक तथा सांस्कृतिक सम्बन्ध कम गर्नको लागि कदम चालिसकेको छ ।

डा. फिरदोसले कश्मीरको पक्षमा पाकिस्तानले सबै किसिमको विकल्प अपनाउने बताएका छन् । उनले अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई समेत कश्मीरको अवस्थाबारे जानकारी लिन आग्रह गरेका छन् । यसका साथै पाकिस्तानले कश्मीरको दुर्दशाको बारेमा उजागर गर्ने बताउँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>