इच्छकामना

इच्छाकामनामा निर्माणाधीन आश्रमलाई पाँच लाख ६२ हजार सहयोग

Banner

मुग्लिन साउन २३-

चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित इच्छाकामना मन्दिर परिसरमा निर्माण भइरहेको आश्रमका लागि विभिन्न व्यक्तिबाट रु पाँच लाख ६२ हजार २०० सहयोग प्राप्त भएको छ । एक स्थानीयवासी इच्छाकामना–४ कुरिनटारका ध्रुवराज त्रिपाठीले रु पाँच लाखको चेक गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन ।

यसैबीच स्थानीय खोमप्रसाद त्रिपाठी र बिजुला त्रिपाठीले रु ५१ हजार १०१, पदमकुमारी सिलवालले रु पाँच हजार १०० र श्रीमाय अधिकारीले रु पाँच हजार सहयोग हस्तान्तरण गरेका छन । बुधबार एक कार्यक्रमबीच उनीहरूले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन ।

रु एक करोड लागतमा बन्ने उक्त भवन वृद्धाश्रम, सत्तल, पुस्तकालय सभाहललगायत सामाजिककार्यमा प्रयोग गरिने मन्दिर समितिका अध्यक्ष बुद्धिप्रसाद सिलवालले बताए । भवन निर्माणका लागि गाउँपालिकाले गत वर्ष रु चार लाख सहयोग गरेको बताए। साथै उनले अन्य रकम स्थानीयवासी विभिन्न उद्योगी÷व्यवसायी तथा सामाजसेवीको सहयोगमा भवन निर्माण भइरहेको बताए ।

अहिलेसम्म रु १९ लाख खर्च भइसकेको र भवन निर्माण सम्पन्न गर्न रु एक करोड लाग्ने मन्दिर निर्माण समितिका अध्यक्ष शङ्कर सिलवालले बताए। गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले भवन सम्पन्न गर्नका लागि गाउँपालिकाले यस आर्थिक वर्षमा रु ११ लाख रकम छुट्याइएको बताए।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>