गण्डकी

लमजुङमा पोखरीमा दुई शव फेला

Banner

लमजुङ, साउन २१-

बेँसीशहर नगरपालिका–३ गाउँशहरको रमाइलोडाँडास्थित पोखरीमा डुबेको अवस्थामा दुई जनाको शव फेला परेको छ । मस्र्याङ्दी गाउँपालिका–९ सिमपानीका २१ वर्षीय विकास विक र सो नगरपालिका–३ गाउँशहरका १८ वर्षीय रुकेश विकको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त पोखरीमा विकासको शव सोमबार राति र रुकेशको शव आज फेला परेको हो । सोमबार स्थानीयवासीले उक्त पोखरीमा एक जनाको शव देखेपछि प्रहरी र स्थानीयवासी सहयोगमा उक्त शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्त पाण्डेले बताए। रुकेशलाई भने आज बिहान करीब ११ बजेतिर स्थानीयवासीले सोही पोखरीको पानी घटाएर खोज्ने क्रममा भेटिएको मृतकका भाउजु नाताकी कुमारी विकले बताए। मृतक विकास करीब चार महीनादेखि गाउँशहरस्थित मामाघरमा बस्दै आएको र दुवै घरबाट शनिबार खुदी जाने भनेर बिहान ११ बजे निस्किएको मृतकका आफन्तको भनाइ थियो ।

खुदी जाने भनेर हिँडेका दुवैकोे शव भेटिएपछि कसैले हत्या गरेर फालेको हुनुपर्ने आशङ्का मृतकका परिवारले गरेका छन् । प्रहरी निरीक्षक पाण्डेले भने, “उनीहरू घुम्ने क्रममा पोखरीमा डुबेको हुन सक्ने बताउनुभयो । सोमबार भेटिएको विकको शवपरीक्षण लागि बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको छ भने आज भेटिएको शवको मुचुल्का उठाएर परीक्षणका लागि सोही अस्पतालमै ल्याइने प्रहरीले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>