कर्पोरेट
महालक्ष्मी विकास बैँकको नयाँ शाखा ठमेलमा
०

चितवन, साउन २०-
महालक्ष्मी विकास बैंकले काठमाडौँको ठमेलमा नयाँ शाखा विस्तार गरेको छ ।
काठमाडौँ महानगरपालिका वडा नम्बर २९ ठमेलमा आजबाट सञ्चालनमा आएको नयाँ शाखाबाट बैँकिङ कारोबार सञ्चालनमा ल्याएको बैँकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैँकका शाखा कार्यालयहरुको संख्या ९८ पुगेको छ ।
महालक्ष्मी विकास बैँकले ग्राहकको विश्वसनीयतामा अभिवृद्धि गरी सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले शाखा विस्तार गरी ९८ वटा शाखाबाट करिब ५ लाखभन्दा बढी ग्राहक माझ बैकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ । बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन प्रयासरत रहने प्रतिबद्धता पनि जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>