चितवन विशेष

चितवनको उत्कृष्ट विद्यालय बन्यो वाल्मीकि,कक्षा १२ मा जिल्ला प्रथम

Banner

चितवन, साउन १९-

भरतपुरको पिपलचोकमा रहेको वाल्मीकि शिक्षा सदन चितवनकै उत्कृष्ट विद्यालय बनेको छ । यस वर्षको कक्षा १२ को नतिजामा ए प्लस ३४ जनाले र ए १७२ जना विद्यार्थीले ल्याएका छन् । प्लस टु कोअर्डिनेटर प्रदिप पौडेलले अभिभावक, विद्यार्थी, शिक्षकहरुको समन्वय र शैक्षिक वातावरणलगायतले उत्कृष्ट नतीजा प्राप्त गरेको बताए। उनले विद्यालयको समग्र शैक्षिक नतिजाको अनुपातमा जिल्लाकै उत्कृष्ट बनेको नारायणी अनलाइनलाई जनकारी दिए ।

चितवन जिल्लाका निजी तथा सामुदायिक विद्यालयतर्फ हरेक पक्षबाट अग्रस्थानमा रहेको हिमाल खबर पत्रिकाको हालैको सर्वेक्षणले पनि पुष्टि गरेको छ । विसं २०६९ सालदेखि विज्ञान र व्यवस्थापन दुवै संकायमा पठनपाठन सुरु गरेको वाल्मीकि शिक्षा सदनमा विसं २०७१ मा विज्ञान संकायका हरि सेढाईँ कक्षा ११ मा नेपाल प्रथम भएदेखि नै चर्चामा रहेको थियो ।

त्यस्तै, विसं २०७२ सृष्टि तिवारी कक्षा ११ मा व्यवस्थापन संकायतर्फ नेपाल प्रथम एवम् विसं. २०७३ मा रोनिश सुवेदी कक्षा १२ विज्ञान संकायमा द्वितीय हुनुले यसको विशिष्ट शैक्षिक उपलब्धिलाई थप उचाइमा पु¥याएको पौडेलले बताए । कक्षा ११ र १२ का हरेक परीक्षामा उत्कृष्ट परिणाम दिँदै आएको बाल्मीकिले यसबर्षको कक्षा १२ को ताजा नतिजाअनुसार पनि विज्ञान संकायतर्फ सन्दीप तामाङ ३.८५ जीपीए ल्याई जिल्ला प्रथम, विज्ञानतर्फ विशाल श्रेष्ठ, अनिशा काफ्ले र एलिना कँडेल ३.७९ जीपीए ल्याई जिल्ला द्वितीय एवम् विवेक श्रेष्ठ र सौरभ वास्तोला ३.७८ जीपीए ल्याई जिल्लामा तृतीय हुन सफल भएका छन् ।

यसै परिणामअनुसार यस वर्ष कक्षा १२ मा विज्ञान संकायतर्फ ९९.०३ प्रतिशत र व्यवस्थापन संकायतर्फ ९८.७२ प्रतिशत विद्यार्थीहरू सफल भएको विद्यालयले जनाएको छ। हाल कूल एक हजार एक सय विद्यार्थीहरू अध्ययन गर्ने बाल्मीकिमा गुणात्मक र भौतिक पूर्वाधार दुवै रूपमा सफल रहेको शिक्षाविद्हरुको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>