चितवन विशेष

चितवनमा घरको छतबाट चिप्लिएर खस्दा एकको मृत्यु

Banner

चितवन,साउन १८-

चितवनमा घरको छतबाट खस्दा  एक जनाको मृत्यु भएको छ । पूर्वी चितवनको रत्ननगर नगरपलिका ६ का ५३ वर्षीय चित्रनाथ आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

निर्माणाधीन घरको दुई तला माथि छतबाट अचानक चिप्लिएर खस्दा घाइते भएका आचार्यको उपचारका भरतपुर ल्याउँदै गर्दा अपरान्ह साढे ४ बजे बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोष्टमाटमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>