चितवन विशेष

थारु पत्रकार संघ चितवनको अध्यक्षमा सुमित्रा

Banner

चितवन, साउन १८–

थारु पत्रकार संघ चितवनको अध्यक्षमा सुमित्रा महतो चयन भएकी छिन् ।

संघको शनिबार भरतपुरमा सम्पन्न तेस्रो अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा सुमित्रा चयन भएकी हुन् । यस्तै संघको उपाध्यक्षमा मनोज चौधरी, सचिवमा संजय चौधरी, सहसचिवमा ज्योति महतो, कोषाध्यक्षमा दिव्या महतोलाई चयन भएका छन् । ११ सदस्यीय कार्यसमितिको सदस्यहरुमा विजय चौधरी, प्रमिला चौधरी, शिव चौधरी, दिपेन्द्र चौधरी, राकेश चौधरी, रीता चौधरी चयन भएका छन् ।

थारु भाषाको उत्थानसंगै संचार क्षेत्रलाई आफनो कर्म क्षेत्र बनाएका चितवनका ४० भन्दा बढी थारु पत्रकारहरुले २०७१ मा यो संस्था स्थापना गरेका हुन् । स्थापना कालदेखि नै थारु भाषाको प्रयोग गरी कार्यक्रमहरु संचार माध्यममा संचालन गरे पनि पछिल्लो समयमा पत्रकारहरु पलायन हुने क्रमले समस्या भएको अधिवेशनमा बोल्ने वक्ताहरुले बताएका थिए ।

शनिबार नै थारु समुदायको लागि थारु पत्रकारको महत्व र योगदान के हुनुपर्दछ भनि थारु कल्याणकारी सभाका पदाधिकारीहरुसंग अन्तरक्रिया समेत भएको अधिवेशनमा थारु भाषामा योगदान पु¥याउने लक्ष्मण प्रसाद चोधरी र ओएसिस पत्रकारिता पुरस्कार स्थापना गर्ने डा मनोज–हेमा चौधरीलाई सम्मान समेत गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद रामलाल महतोले दोसल्ला र सम्मान पत्रले सम्मान गरेका थिए ।

सो क्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद महतोले पत्रकारिता क्षेत्र महत्वपूर्ण क्षेत्र भएकाले थारुको आवाजलाई बुलन्द बनाएर बाहिर ल्याउनुपर्ने बताए । कतिपय राम्रा कुराहरु बाहिर आउन नसकेको बेला थारु पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताए । उनले पछिल्लो समय पत्रकारिता क्षेत्रमा पनि विकृती देखा पर्न थालेको भन्दै चिन्ता व्यक्त गरे ।

अधिवेशनको समुद्घाटन सत्रमा बोल्दै थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष मदन चौधरीले थारु समुदायको उत्थान र लुकेका कुराहरु बाहिर ल्याउन थारु पत्रकारहरुले भूमिका खेल्दै आइरहेको भन्दै आगामी दिनमा अझै शसक्त रुपमा अघि बढ्ने बताए । संघ महाधिवेशनको संघारमा आइपुगेको भन्दै चितवनले सधै महत्वपूर्ण भूमिका खेल्ने भएकाले महाधिवेशन चितवनमा गर्ने निर्णय गरिएको जानकारी दिए ।

थारु पत्रकार संघका केन्द्रीय सदस्य एवंम चितवन शाखाका सल्लाहकार सन्तकुमार चौधरीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरी, पूर्व सभापति टिकेन्द्र चौधरी, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, थारु अग्रजहरु भजुमनराम महतो, लक्ष्मण चौधरी, पूर्व केन्द्रीय सदस्य चन्द्रकुमारी चौधरी, थारु महिला सभाकी जिल्ला अध्यक्ष धञ्जु महतो, थाकसका क्षेत्रीय सभापतिहरुलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संघको दुईकाल नेतृत्व गरेका कारी महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>